arrow

राष्ट्रपतिद्वारा राष्ट्रनिर्माताप्रति सम्मान

सिंहदरबार पुगेर राष्ट्रपतिले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
prithivijayanti-rastrapati.jpg

काठमाडौँ । पृथ्वी जयन्तीमा सिंहदरबार पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । 

शुक्रवार राष्ट्रनिर्माता शाहको सिंहदरबार मूल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहित पुष्प गुच्छा अर्पण गरी सम्मान व्यक्त गरेका हुन् । 

सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो भने समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गरेका थिए । 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । 

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै देशभर कार्यक्रम आयोजना हुँदैछन् ।  

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरी आधुनिक नेपालको निर्माण गरेका थिए ।

उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो ।

आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ