arrow

संविधान संशोधनमा रचनात्मक सहयोग गर्छु : अध्यक्ष थापा

logo
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
kamal-thapa-1.jpg.jpeg
तिलोत्तमा (रुपन्देही)। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले गर्न लागेको संविधान संशोधनमा पार्टीले रचनात्मक सहयोग गर्ने बताएका छन् । थापाले संविधान संशोधनमा ढिलाइ गर्दा थप जटिलता आउने भएकाले छिटो उक्त प्रक्रियामा जानुपर्ने बताए । 
 
रिपोटर्स क्लब लुम्बिनीद्वारा शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थापाले संविधान संशोधनका क्रममा हिन्दूराज्य कायम गर्न संसदमा संशोधन प्रस्ताव आफ्नो पार्टीले पेस गर्ने जानकारी दिए । अध्यक्ष थापाले राजनीतिक दल सत्ताखेलमा लागेका कारण संविधान कार्यान्वयन र निर्वाचनमा आशङ्का उत्पन्न भएको विचार व्यक्त गरे।
 
लोकमान प्रकरण बारे सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष थापाले यत्रो महत्वपूर्ण विषयमा दलसँग परामर्श नगर्नु गलतभएको भन्दै आफ्नो पार्टीले उचित समयमा उचित निर्णय लिने बताए । मधेसका समस्या चाँडो समाधान गर्न नसके संविधान कार्यान्वयनमा कठिनाइ हुने थापाको भनाइ थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ