arrow

काठमाडौं महानगरपालिकाबाट विद्युतीय प्रणलीमार्फत सेवा

logo
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg
काठमाडौँ । पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले यसै सातादेखि विद्युतीय प्रणाली मार्फत सेवा सुरु गर्ने भएको छ । 
 
वडा नं ३१ नं मा पहिलो पटक परीक्षणका रुपमा उक्त सेवा विस्तार गर्न लागिएको कामपा, सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाले जानकारी दिए । 
 
उनका अनुसार झन्डै एक महिनाको परीक्षणपछि अन्य सबै वडामा विद्युतीय प्रविधि जडान गर्ने तयारी हुँदैछ । 
 
कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार महानगरको सेवा कागजरहित, प्रविधिमा आधारित भएर प्रदान गर्न र नागरिकका घर घरमा सेवा विस्तार गर्न विद्युतीय प्रणाली मार्फत सेवा विस्तार गर्न लागिएको हो । 
 
एसियाली विकास बैंक र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको लगानीमा हुन लागेको उक्त कामका लागि झन्डै रु चार करोड लाग्ने अनुमान गरिएको छ । 
 
पछि सबै वडा कार्यालयबाट नागरिकले उक्त सेवा प्राप्त गर्न सक्नेछन् ।
 
नक्सा पास गर्ने, कर दिने–लिने, बक्यौता रकमका बारेमा जानकारी, करको शीर्षक, कामपाका कामकारबाही, नागरिकको गुनासोे तथा नीतिनियमबारे सम्पूर्ण जानकारी प्राप्त गर्न इन्टरनेट मार्फत नागरिक र कामपाबीच सिधा सम्पर्क हुने कामपा राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिए । 
 
त्यसैगरी बजेट अनुगमन तथा योजना प्रणाली, वित्तीय प्रणाली, राजस्व व्यवस्थापन, कर्मचारीको सूचना आदानप्रदान, जनशक्ति व्यवस्थापन, नागरिक इन्टरफेस प्रणाली लगायत सबै काम यसै मार्फत हुने बताइएको छ । 
 
उक्त सेवा विस्तारसँगै कामपाको आन्तरिक राजस्व पनि नियमित रुपमा सङ्कलन हुने विश्वास कामपाले लिएको छ । 
 
आन्तरिक राजस्व अन्तर्गत कामपामा हरेक वर्ष करिब रु एक अर्ब उठ्ने गरेको छ भने अर्को रु एक अर्ब बक्यौता रहने गरेको छ । 
 
अबका दिनमा नगरवासीको सम्पूर्ण जानकारी कम्युटरमा अभिलेख राखिनेछ । 
 
कामपाले ३५ वटै वडाका नागरिकको तथ्याङ्क कम्युटरमा राख्ने काम पनि गर्ने छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ