arrow

पोखरामा सिटौला समूहको शक्ति प्रदर्शन

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
tarun-sitoula-group.jpeg
काठमाडौं । नेपाल तरूण दलको आसन्न चौथो महाधिवेशनको अघिल्लो दिन काँग्रेसमा नयाँ विचारको रुपमा स्थापित भएको कृष्णप्रसाद सिटौला पक्षले शक्ति प्रदर्शन गरेको छ । शुक्रबार दिउँसो ३ बजेदेखि पोखराको सहयात्री पार्टी प्यालेसमा भएको शक्ति प्रदर्शनमा हजारौं नेता तथा कार्यकर्ताहरुले सहभागीता जनाएका छन् । 
 
विशेषगरी केन्द्रीय प्रतिनिधिहरूलाई आफ्नो एजेण्डाको विषयमा स्पष्ट बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई काँग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, स्वास्थ्य मन्त्री एवं काँग्रेस नेता गगन कुमार थापा, काँग्रेस केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र उमाकान्त चौधरी लगायतले सम्बोधन गरेका छन् । 
 
चुनावको अघिल्लो दिन बाक्लो संख्यामा नेता तथा कार्यकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएपछि सो समूह भने तरूणदलमा आफ्नो स्थान सम्मान जनक हुनेमा विश्वस्त रहेको छ । उपस्थित प्रतिनिधिहरूले शुक्रबारको भेलालाई हेर्दा त समूहले नेविसंघ र महिलासंघमा प्राप्त भन्दा पनि सम्मानजनक स्थान प्राप्त गर्नेमा कुनै शंका नै नरहेको विश्लेषण गर्न थालेका छन् । 
 
कार्यक्रममा सहभागीहरूले कुनैपनि हालतमा तरुणदलको निर्वाचन स्थगित गर्न नहुनेमा जोड दिएका छन् । निर्वाचनमा हाम्रो भन्दा पनि सक्षम र राम्रो नेतृत्व चयन गर्नपनि केन्द्रीय प्रतिनिधिहरूलाई वक्ताहरुले आग्रह गरेका छन् । 
 
तरुणदलको चौथो महाधिवेशन शनिबारदेखि पोखरामा सुरू हुँदैछ । कार्यक्रमको पार्टी सभापति शेर बहादुर देउवाले उद्घाटन गर्नेछन् । 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ