arrow

टेलिकमको बजार प्रभावकारी बनाउन एनआईटीभी नेपालसँग सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
telecom-nitv-agreement.jpg

काठमाडौँ । नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेडबीच सम्झौता भएको छ । 

नेपाल टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रुपमा पुर्याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउ पुर्याउनका लागि एनआईटीभी नेपालले आवश्यक भूमिका निर्वाह गर्ने टेलिकमले जनाएको छ । 

दुवै पक्षबीच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका समाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तरक्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुनेछ । 

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।  

आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवा बारेमा अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पुर्याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्वपूर्ण नतिजा हासिल गर्न सक्षम हुने अपेक्षा गरिएको छ । 

यसबाट सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत सेवाग्राहीसँग अन्तरक्रिया गर्ने कम्पनीको उद्देश्य प्राप्तिमा समेत मद्दत पुग्ने टेलिकम प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ