लिस्तिकोट केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार
1.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आइतबार राति लिस्तिकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १०ः२१ बजे ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का सिन्धुपाल्चोकसँगै जोडिएका जिल्लाहरु तथा काठमाडौँ उपत्यकामासमेत महसुस गरिएको थियो । यो भूकम्पलाई केन्द्रले २०७२ सालको गोरखा भूकम्पको पराकम्पन भनेको छ ।