arrow

अष्ट्रेलियाविरुद्ध पाकिस्तानको लज्जास्पद हार

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
test-australia-2023-12-17.jpg
तस्बिर – क्रिकेट अष्ट्रेलियाबाट ।

काठमाडौँ । पाकिस्तान विरुद्धको पहिलो टेष्ट क्रिकेटमा अष्ट्रेलियाले शानदार जित हासिल गरेको छ । पर्थमा भएको खेलको चौथो दिनमै घरेलु टिम ३६० रनले विजयी भएको हो । 

४५० रनको चुनौती लिएर मैदानमा उत्रिएको पाकिस्तान ८९ रनमै अलआउट भएपछि अष्ट्रेलियाले फराकिलो जित हासिल गरेको हो । मात्र ३०.२ ओभर क्रिजमा टिकेको पाकिस्तानका लागि साउद शकीलले २४, बाबर आजमले १४ र इमाम उल हकले १० रन बनाए बाहेक कसैले पनि दोहोरो स्कोरसमेत खडा गर्न सकेनन् । 

मिचेल स्टार्ट र जोश हाज्लेवुडले समान ३–३ विकेट लिए । 

यसअघि पहिलो इनिङ्समा अष्ट्रेलियाले ४८७ रन बनाएको थियो । यो श्रृंखलापछि संन्यासको तयारी गरेका डेभिड वार्नरले २११ बलको सामना गर्दै १६४ रन बनाए । त्यस्तै मिचेल मार्शले १०७ बलमा ९० रन जोडे । 

पाकिस्तानका लागि आमेर जमाल एक्लैले १११ रन खर्चेर ६ विकेट लिए । खुराम शहजादले २ तथा शहीन शाह अफ्रिदी र फहिम अश्राफले १–१ विकेट लिए । 

जवाफमा पाकिस्तानले २७१ रन बनायो । इमाम उल हकले सर्वाधिक ६२ रन बनाएको इनिङ्समा नाथन लियोनले ३ तथा मिचेल स्टार्च र पाट कमिन्सले २–२ विकेट लिए । 

अष्ट्रेलियाले दोस्रो इनिङ्समा ५ विकेटको क्षतिमा २३३ रन बनाउँदै इनिङ्स समाप्तिको घोषणा गरेको थियो । उस्मान खवाजाले ९० तथा मिचेल मार्शले ६३ रन बनाएका थिए । 

हारसँगै तीन खेलको टेष्ट श्रृंखलामा पाकिस्तान १–० ले पछि परेको छ । दोस्रो टेष्ट पुस १० गते डिसेम्बर २६ देखि हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ