arrow

एनसेल प्रकरणमा सरकारको संलग्नता रहेको ओलीको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
oli-ncell.jpg

काठमाडौँ ।  एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता रहेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन् । उनले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गरेका छन् । 

उनले खर्बौँको कारोबार हुने र खर्बौँको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए । उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको बताए । 

उनले भने, ‘ सुनिन्छ अहिले एनसेल बेच्ने तयारी वा काम भइरहेको छ । यसमा सरकारको संलग्नता नहुने कुरै भएन । खर्बौँको कारोबार, खर्बौँको मूल्य पर्ने कम्पनी केही अर्बमा बिक्री हुँदैछ । सयौँ गुणा फरक छ यसमा । यत्रो अन्तर पारेर देशलाई घाटा पारेर अब तीन, चार वर्षपछि एनसेल आफैँ नेपाल सरकारको अण्डरमा आउने त्यस ठाउँमा सरकारले जालझेल गरेर अर्को कम्पनीमा नामसारी गरेर कौडीका मोलमा नामसारी गरेर कमिसनतन्त्रको जालोबाट देशलाई लुटतन्त्रमा लगेको छ । यो कुरा बाहिर आइरहेको छ । सरकार बोल्न सकिरहेको छैन । अवस्था यस्तो छ ।’

अध्यक्ष ओलीले सरकार कति बेला ढल्छ भन्ने टुङ्गो नभएको जिकिर गरे । उनले यस्तो सरकार ढल्नै पर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ