arrow

सरकार आगामी माघदेखि नयाँ बजेट निर्माणको काममा लाग्छ: मुख्यसचिव अर्याल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
baikuntha-arya-sachib.jpg

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताएका छन् । 

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी माघदेखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट निर्माणको कामलाई सरकारले अघि बढाउने बताएका हुन् । 

मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रम र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक सुझाव सरकार दिन पनि सम्बन्धित क्षेत्रका विज्ञहरूलाई आग्रह गरे । 

उनले १६ औँ योजनाको दस्ताबेजलाई पूरा गर्ने कामलाई पनि सरकारले अघि बढाएको पनि बताए । 

मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रमबारे सुझाव दिँदा कारण खुलाएर दिन सम्बन्धित क्षेत्रका विज्ञहरूको ध्यानाकर्षण गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ