सरकार आगामी माघदेखि नयाँ बजेट निर्माणको काममा लाग्छ: मुख्यसचिव अर्याल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
730
Shares
काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताएका छन् ।
मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी माघदेखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट निर्माणको कामलाई सरकारले अघि बढाउने बताएका हुन् ।
मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रम र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक सुझाव सरकार दिन पनि सम्बन्धित क्षेत्रका विज्ञहरूलाई आग्रह गरे ।
उनले १६ औँ योजनाको दस्ताबेजलाई पूरा गर्ने कामलाई पनि सरकारले अघि बढाएको पनि बताए ।
मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रमबारे सुझाव दिँदा कारण खुलाएर दिन सम्बन्धित क्षेत्रका विज्ञहरूको ध्यानाकर्षण गराए ।