arrow

एनसेल छानबिन समितिको विश्वसनीयताप्रति शङ्का [भिडियो]

एनसेल प्रकरणको सम्बन्धमा मानव अधिकारकर्मीले आन्दोलन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
manav-adhikarkarmi-andolan.jpg

काठमाडौँ । पूर्वकार्यवाहक महालेखापरीक्षक शुकदेव खत्रीले सरकारले गठन गरेको एनसेलको शेयर खरिद, बिक्री प्रकरण छानबिन समितिले विश्वसनीय ढङ्गले काम गर्नेमा आशङ्का व्यक्त गरेका छन् ।

आइतबार मानव अधिकार तथा शान्ति समाजको नागरिक संवाद कार्यक्रममा बोल्दै उनले छानबिन समितिको विश्वसनीयताप्रति आशङ्का व्यक्त गरेका हुन् । 

उनले सरकारको वृत्ति विकास खाएको पदाधिकारीले काम गर्न सक्नेप्रति प्रश्न उठाए । 

उनले सरकारले गठन गरेको छानबिन समितिले काम नगर्ने बताए । सरकारले आफ्नो पक्षमा ल्याउनका लागि मात्रै समिति गठन गरेको उनको भनाई छ ।

उनले भने-‘एनसेल लगायतका अगाडीका छन् नि त्यो करको बारेमा कुरा उठ्ने कि नउठ्ने ? सरकारले छानबिन आयोग गठन गर्ने रे तर यो गठन गरेर त्यसले काम गर्दैन । त्यसको विश्वसनीयता, नागरिकले विश्वास गरेको मान्छे छ, छैन त्यो पनि हेरौँ । सरकारी पदाधिकारी वृत्ति विकास खाएका मान्छे राखेर त्यसले केही गर्न सक्छ ? अर्को कुरा भएका कानुनहरू, आयकर ऐन, कम्पनी ऐन, दूरसञ्चार ऐनलाई अवमूल्यन गर्ने काम भएको छ । त्यो ऐनबाटै कार्यान्वयन हुनुपर्छ । आयोग गठन गर्ने भनेको आफ्नो पक्षमा ल्याउनको लागि हो । यहाँ त आवरण छ । यो एउटा चलखेलको माध्यम बनाएको भन्छु ।’

मानव अधिकारकर्मी कृष्ण पहाडीले स्थानीय तहमा भ्रष्टाचार भइरहेका कारण सङ्घीयतामाथि प्रश्न उठेको बताएका छन् । 

उनले एनसेलको पैसा नखाएकाहरू सत्तामा पुग्ने कोही पनि नभएका भन्दै एनसेल प्रकरणको सम्बन्धमा आफूहरूले आन्दोलन गर्ने जानकारी दिए ।

उनले भने – ‘सिंहदरबारको भ्रष्टाचार पनि गाउँ गाउँ गयो ।देशमा एनसेलको पैसा नखाएका, बिचौलियाले नचलाएका जो सत्तामा आए पनि धेरै कम मान्छे मात्रै छौँ । हामी आन्दोलन गर्दछौँ एनसेलको कुरा लिएर ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ