arrow

एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्ने कुरा बेकारको नाटक : रवि लामिछाने [भिडियो]

अर्थमन्त्रीको अभिव्यक्ति प्रतिक्रिया दिन लायक पनि छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
ravi-lamichhane-budget-2080.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्ने कुरा बेकारको नाटक भएको आरोप लगाएका छन् ।

बुधवार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताए । उनले एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरूको संलग्नता हुने आशङ्का व्यक्त गरे । 

उनले एनसेलले कर नतिरेको भए तत्काल कारबाही गर्नुपर्ने बताए । उनले गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभई कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताए । उनले कर छली लगायतका विभिन्न गैरकानूनी काममा वृहत् अनुसन्धान गर्नुपर्ने पनि बताए । उनले एनसेल खरिदबिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएको अभिव्यक्ति प्रतिक्रिया दिन लायक नभएको बताए ।

उनले भने, ‘एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरूको संलग्नता हुनसक्छ । त्यहाँ कयौँ कुरा हुन सक्छ । त्यो एउटा छानबिनको विषय हो । तर अहिले जुन खरिदबिक्री भएको छ, भएको हो की होइन ? होइन भने किन बबाल गरेको ? हो रहेछ भने सरकारले त्यसबापत प्राप्त गर्नुपर्ने कर रकम पायो की पाएन ? पाएको छैन भने त्यो गैरकानूनी हो की होइन । गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने की छल्ने मानिसलाई गएर समात्ने हो ? यो बेकारको नाटक हो । कर छलि गरिसकेपछि कारबाही हुनुपर्छ, केको लागि यो समिति ? वृहत् छानबिन शुरुवातदेखि आजसम्मको छानबिन गरौँ । तर तत्काल कारबाही हुनुपर्छ, कर छली भएको हो भने । अर्थमन्त्रीलाई थाहा छैन भन्नुभयो, यो भन्दा लाजमर्दो कुरा अरू के हुन्छ । अर्थमन्त्रीको अभिव्यक्ति प्रतिक्रिया दिन लायक पनि छैन । सरकारले गर्न खोजेको अलमल, समिति, आयोग मैले बुझेको छैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ