arrow

लहरो तान्दा पहरो थर्कदै

एनसेल प्रकरणबारे बुझ्न प्रधानमन्त्रीलाई बोलायो लेखा समितिले [भिडियो]

शेयर खरिद बिक्री रोक्न सरकारलाई समितिको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
risikesh-samiti.jpg

काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्री कारोबार सम्बन्धी बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय गरेको छ । 

आज बसेको बैठकले एनसेल शेयर खरिद बिक्रीबारे थप धारणा लिन र समसामयिक विषय बुझ्नका लागि आगामी कुनै बैठकमा प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो । 

 साथै एनसेलको शेयर खरिद बिक्री कारोबार सम्बन्धी कार्यलाई रोक्न सरकारलाई समितिले निर्देशन दिएको छ ।

 बैठकले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी कारोबार संशयपूर्ण, अपारदर्शी र अवास्तविक रहेको ठहर गर्दै यसको खरिद बिक्री सम्बन्धी कारोबार विस्तृत रूपमा अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेल सम्मका लागि रोक्न सरकारलाई निर्देशन दिएको हो । 

त्यस्तै वास्तविकता पत्ता लगाउनका लागि ३० दिनभित्र कार्य सम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न, गराउन पनि निर्देशन दिएको छ । 

त्यस्तै एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा भएका कामहरूको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जोखिमयुक्त रहेको भन्ने भनाई सम्बन्धमा सरकारको धारणा ४८ घण्टाभित्र सार्वजनिक गर्न पनि निर्देशन गरिएको छ । 

बैठकले यस प्रकारका विषयहरू सँग सम्बन्धित कानुनी व्यवस्थाहरूमा रहेका छिद्रहरूको उपयोग गरी हुनसक्ने चलखेल रोक्न तथा लगानीकर्ताहरूको सुरक्षा र देशले पाउने लाभ सुनिश्चित हुने गरि र आगामी दिनमा दुबिधा नहुने गरी स्पष्ट खाका सहित दूरसञ्चार सम्बन्धी कानुनहरूलाई संशोधन गर्नुपर्ने देखिएको निष्कर्ष निकालेको छ ।

साथै संसद्को आगामी अधिवेशनको प्रारम्भ सम्ममा संशोधन विधेयक सङ्घीय संसद्मा दर्ता गराउन समितिले निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ