arrow

बालेनले बढाए देउसी भैलो खेल्ने समय, राति १ बजेसम्म पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
balen-saha.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रमा राति १ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने गरी व्यवस्था गरेको छ । 

काठमाडौँ महानगरपालिकाभित्र राति १ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने गरी सुरक्षा व्यवस्था गरेको महानगर प्रमुख वालेन्द्र साह (बालेन) ले शुक्रबार सामाजिक सञ्जालमार्फत  जानकारी गराएका छन् ।

महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति ‘पेट्रोलिङ’को व्यवस्था मिलाएको जानकारी दिँदै उनले आवश्यक सुरक्षाका लागि प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग पनि आग्रह गरेको बताए । 


‘विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसीभैलो खेल्ने समय काठमाडौँ महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो,” मेयर बालेनले फेसबुकमा लेखेका छन्, “यो वर्ष काठमाडौँ महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसीभैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौँ । सोहीअनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ,’ उनले उल्लेख गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ