arrow

मेस्सीले जिते कीर्तिमानी बालोन डी’ओर अवार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
messi-family.jpg
तस्बिर – पत्नी र तीन सन्तानसहित मेस्सी ।

काठमाडौँ । अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीले कीर्तिमानी बालोन डी’ओरको अवार्ड जितेका छन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका मेस्सीले करियरको आठौँ बालोन डी’ओर जितेका हुन् । 

उनले इङ्गलिश क्लब म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालाण्डलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । 

मेस्सीलाई यस वर्षको अवार्डको मुख्य दाबेदार मानिएको थियो । पेरिसमा सोमबार राति फुटबल लिजेण्ड डेभिड बेहक्यामले मेस्सीलाई अवार्ड हस्तान्तरण गरेका थिए । 

हालाण्ड दोस्रो स्थानमा रहे भने पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड केलियन एमबाप्पे तेस्रो स्थानमा रहे । केभिन डी ब्रुएन चौथौं र रोड्री पाँचौँ स्थानमा रहे ।

सन् २०२२ को विश्वकपको उपाधि यात्रामा मेस्सीले सबै नकआउट म्याचमा गोल गरेका थिए । क्लब फुटबलमा पीएसजीलाई लिग वान जिताउन १६ गोल र १६ गोलको अवसर सिर्जना गरेका थिए ।

मेस्सीपछि रोनाल्डोले सर्वाधिक ५ पटक यो अवार्ड जितेका छन् ।

मेस्सी अहिले अमेरिकाको एमएलएस क्लब इन्टर मियामीबाट ब्यवसायीक फुटबल खेलिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ