arrow

गोसाइँकुण्डका छिरिङको अवस्था सार्वजनिक गरी दोषीलाई कारबाही गर्न जाहेरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
chiring-tamang-rasuwa-2080-07-09.jpg
तस्बिर – फाइल ।

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका १ का छिरिङ तामाङलाई बेपत्ता पारिएको भन्दै तत्काल अवस्था सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै उनको परिवारले किटानी जाहेरी दिएको छ । 

छिरिङलाई प्रहरी नियन्त्रणमै रहेका अवस्थामा बेपत्ता पारिएको भन्दै उनकी श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी हुन् । 

परिवारका अनुसार घटनामा संलग्न भएको आरोपमा दुई प्रहरीविरुद्धसमेत किटानी जाहेरी दिइएको छ । प्रहरीकै मिलेमतोमा छिरिङलाई बेपत्ता पारिएको भन्दै तत्काल अवस्था सार्वजनिक गर्न मागसमेत गरिएको हो ।  

प्रतिनिधि सभाका सांसद इन्जिनियर मोहन आचार्यले कानून सम्मत तरिकाले छिरिङलाई खोज्ने प्रक्रियामा गइएको भन्दै अवस्था तत्काल सार्वजनिक गर्न माग गरिएको बताए । 

त्यसैगरी कांग्रेस जिल्ला सभापति पेम्बा छिरिङ तामाङले पनि विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

यसअघि नेपाली कांग्रेसको भ्रातृ संघ संस्था समन्वय विभाग प्रमुख शिवप्रसाद पौडेलले बेपत्ता पारिएका उनको अवस्था सार्वजनिक गर्न माग गरेका थिए । 

थुमनमा भएको घटनामा सरोकार नै नभएका तामाङलाई पक्राउ गरी सदरमुकाम धुन्चे ल्याउने क्रममा बाटोबाट बेपत्ता पारिएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरिएको छ । 

छिरिङको घटनामा कुनै संलग्नता नरहँदा पनि स्थानीय जनप्रतिनिधि समेतको दबाबमा उनलाई पक्राउ गरिएको आरोप लगाइएको छ । 

पौडेलले छिरिङको अवस्था सार्वजनिक गर्नुपर्ने र जनप्रतिनिधिसमेत संलग्न सबैलाई कारबाही गर्नुपर्ने माग गरिएको बताए । उनले ७२ घण्टाभित्र आरोपीलाई कारबाही नगरिए सशक्त आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् । 

छिरिङलाई बाटोमै बेपत्ता बनाउन प्रहरीकै हात रहेको आरोप लागेको छ । प्रहरीकै नियन्त्रणमा भएको व्यक्ति प्रहरीको मिलेमतो बिना बेपत्ता हुन नसक्ने भन्दै आपत्तिसमेत जनाइएको छ । 

यो समाचार पनि–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ