arrow

टेलिकमबाट एकैपटक १० हजार नम्बरमा एसएमएस पठाउन सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
telecom-group-message-2080.jpg

काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरुको महान् चाड बडादशैँको सन्दर्भमा आफन्त र साथीभाइहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवाको प्रयोग गर्न आग्रह गरेको छ । 

पहिलेदेखि नै सञ्चालनमा ल्याइरहेको टेलिकमले आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिने बताएको छ । 

यस अनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध रहेको टेलिकमले जनाएको छ । प्रति सन्देश ५० पैसामा पठाउन सकिने प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्ने पनि जनाएको छ । 

टेलिकमले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘२ हजार ५०० रुपैयाँमा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ । यस्तै, ५ हजार रुपैयाँमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने छ । नेपाल टेलिकमको नेटवर्कभित्रमात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश छैन ।’  

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्ने र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने पनि जनाएको छ ।

यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.npमा लगइन गरी प्याकेज खरिद गर्न सकिने भन्दै टेलिकमले भनेको छ, ‘ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ । एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरुलाई पठाउन सकिने हुँदा १ हजारभन्दा बढीको लागि फेरी यही प्रक्रिया दोहोर्याइ आफूले चाहेबमोजिका मोबाइल नम्बरमा सन्देश पठाउन सकिन्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ