जोर्डनको समर्थन प्यालेस्टाइनलाई, गाजापट्टीमा राहत विमान [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
752
Shares
काठमाडौं । इजरेल हमास युद्धमा जोर्डनले प्यालेस्टाइनलाई समर्थन गरेको छ । प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरेलबीच शनिबारबाट युद्ध जारी छ।
जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजा पट्टी र वेस्ट बैङ्कको अवस्थालाई शान्त बनाउन जोड दिएका छन् ।
जोर्डनले बिहीबार गाजा पट्टीमा अत्यावश्यक चिकित्सा सामग्रीसहित मानवीय सहायतासहितको विमान पठाइसकेको छ ।
जोर्डनका राजाले प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बाससँग गाजामा बिग्रिँदै गएको बारे कुराकानी गरेका छन् ।
बिहीबार जोर्डनको राजधानी अम्मानमा भएको भेटमा दुवै पक्षले गाजा स्ट्रिपमा स्वास्थ्य र राहत आपूर्ति र पानी आपूर्ति सुनिश्चित गर्न मानवीय करिडोरहरु तत्काल खोल्न आग्रह गरे ।
उनीहरूले मानवीय सङ्कटको चेतावनी समेत दिएका छन् । दुवै नेताहरूले मानवीय सङ्कट, बढ्दो हिंसा र सम्पूर्ण क्षेत्रको लागि सम्भावित परिणामबारे चिन्ता व्यक्त गरे ।