arrow

टेलिकमको एनटी फाइबर सेवाको व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
telecome-dashian-2080-06-22.jpg

काठमाडौँ । नेपाल टेलिकमले आगामी बिहीबारदेखि लागू हुने गरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ । यस अफर अन्तर्गत सेवाग्राहीको अत्यधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्ने गरी व्याण्डविथमा बढोत्तरी गरिएको टेलिकमले जनाएको छ । 

सेवाग्राहीहरुको रुची र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको प्रेस विज्ञप्ति जारी गरी जनाएको हो । 

यस अफरमा हाल १० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका सेवाग्राहीले सोही मूल्यमै २५ एमबीपीएस र २० वा ३० एमबीपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमबीपीएसको सेवा प्रयोग गर्न सक्ने छन् । 

यसैगरी ४० एमबीपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकले सोही मूल्यमा अबदेखि १०० एमबीपीएसको सेवा प्राप्त गर्न सक्ने भएका छन् । हाल ८० एमबीपीएस सेवा लिइरहेका सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमबीपीएस गतिको सेवा उपलब्ध हुनेछ ।

यसका साथै हाल उपलब्ध हुँदै आएको फेयर युजेज पोलिसी लिमिटलाई समेत बढोत्तरी गरिएको छ । 

साथै हाल ३० एमबीपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिँदा दैनिक ३०० एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध रहेको टेलिकमले जनाएको छ । 

यो सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिँदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट *1416# यल गर्नु पर्ने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ