झलनाथको ठहर- यो व्यवस्थाले गाँस, बास दिँदैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
671
Shares
काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिलेको व्यवस्थाले जनतालाई गाँस, बास कपास दिन नसक्ने बताएका छन्।
समाजवादी जागरण अभियानका क्रममा भैरहवा पुगेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले पहिलाको अर्धसामन्ती व्यवस्था र अहिलेको पुँजीवादी व्यवस्था शोषण मूलक व्यवस्था रहेको बताए ।
“यी दुवै भ्रष्टाचारसँग अभिन्न रूपले गाँसिएका व्यवस्थाहरू हुन्, ” उनले भने “तर यो पुँजीवादी व्यवस्था हो भनेर हामी आफैले लडेर २०६२-०६३ मा ल्याएका हौ ।”
नेता खनालले अहिलेका तीन तहका सरकारले जनताको काम गर्न नसकेको बताए ।