arrow

चिकित्सकहरू आन्दोलनमा

डाक्टर जहिल्यै कुट्या छ, सिंहदरबार सुत्या छ [भिडियो]

दोषीलाई कारबाही नगरेसम्म चिकित्सकहरूले आन्दोलन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
doctor-andolan.JPG

काठमाडौं । डाक्टर जहिल्यै कुट्या छ, सिंहदरबार सुत्या छ धन्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन् ।

चिकित्सकहरूले बुधवार माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन्  ।

उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग समेत गरेका छन् । 

उनीहरूले सरकारले दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने बताएका छन् ।

आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गरे । 

प्रदर्शनमा उनीहरूले 'गृहमन्त्री राजीनामा दे,  डाक्टर जहिल्यै कुट्या छ सिंहदरबार सुत्या छ, कामेको हातले उपचार सम्भव छैन' भन्ने नारा लगाएका छन् । 

 मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै उनीहरू आन्दोलनमा छन् ।  

स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ