arrow

पूर्वाधार विकास समितिको कार्ययोजनाको खाका तयार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
samsad.jpg.jpeg
तस्बिर-फाइल

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भावी कार्ययोजनाको खाका तयार पारेको छ ।

समितिको आज बसेको बैठकले समितिको भावी कार्ययोजनाको खाका तयार पारेको हो । 

समितिको कार्ययोजना अनुसार कार्यक्षेत्रमा पर्ने १७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये एउटाको विस्तृत अध्ययन गरी त्यसका आधारमा अन्य १६ वटा आयोजनाको अनुगमन गरिने भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरी तत्काल सञ्चालनका लागि निर्देशन दिने निर्णय पनि आजको बैठकले गरेको छ ।

समितिले ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको फ्लाइओभर, टेकुको पक्की पुल, सिंहदरबाभित्र निर्माणाधिन संसद् भवन, काठमाडौँ उपत्यकामा दोस्रो चरणमा विस्तार भएका सडक आयोजना, मुग्लिन-नारायणघाट सडकखण्डलगायत आयोजनाको पनि अनुगमन गरी सरोकार भएका निकायलाई निर्देशन दिने सभापति दीपकबहादुर सिंहले बताए ।

बैठकमा सांसदहरु प्रदीप पौडेल, माधव सापकोटा, निशा डाँगी, प्रेमबहादुर महर्जन, प्रतिमा गौतम, उर्मिला माझीलगायतले समितिको कार्यक्षेत्रमा पर्ने विषयमा अब नियमित छलफल गरी सरकारी निकायलाई निर्देशन दिनुपर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ