arrow

देशभरका चिकित्सक आन्दोलनमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
doctor-andolan.jpg

काठमाडौं ।  हेटौँडाको सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाही माग गर्दै देशभरका चिकित्सकहरू आन्दोलित भएका छन् । 

उनीहरूले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् । अस्पतालको सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामीहरू मर्कामा परेका छन् 


हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक द्वय डा विकास थापा र डा प्रशान्त विडारी ड्युटीमा रहेको अवस्थामा कुटिएको विरोधमा सङ्घका आह्वानमा आइतबार अस्पताल बन्द गरिएको हो ।

साथै आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल भइरहेको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ