arrow

वसन्तपुरमा गाईजात्रा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
gai-jatra.jpg

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ ।  सो अवसरमा आज बिहानैदेखि काठमाडौंको वसन्तुपुर क्षेत्रमा पनि गाईजात्रा निकालिएको छ । 

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । 

वसन्तपुरमा गाईजात्राको अवसरमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई र उनीहरुको तस्बिर निकालेर मनाउन शुरु गरिएको छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक जनविश्वास रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ