arrow

मेस्सीले खेलेका सबै खेलमा गोल, इन्टर मियामीलाई दिलाए उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
messi-miami-champion.jpg

वासिङ्टन । लिओनेल मेस्सीको उत्कृष्ट गोलको मद्दतमा इन्टर मियामीले नासभिललाई पेनाल्टी सुटआउटमा १०–९ ले पराजित गर्दै लिग कपको उपाधि जितेको छ ।

न्याशभिलको जियोडिस पार्कमा भएको खेलको २३ औं मिनेटमा अर्जेन्टिनी विश्वकप विजेता मेस्सीले बायाँ खुट्टाको माथिल्लो बायाँ कुनामा प्रहार गरेको बललाई गोलमा परिणत गर्दै मियामीलाई अग्रता दिलाएका थिए । 

साम सुरिजको कर्नरबाट दिएको बललाई हेडिङको सहायतामा बलम फाफा पिकाल्टले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए । 

निर्धारित ९० मिनेटको खेलको अन्तिम चरणमा दुवै टोलीले नाटकीय जितको अवसर पाएका थिए । पछि, ड्रेक क्यालेन्डरले पेनाल्टी सुटआउटमा दुई बचाउ गरेपछि निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै इन्टर मियामीका समर्थकलाई खुशी पारेका थिए । 

इङ्ल्यान्डका पूर्वकप्तान डेभिड बेकह्यामको स्वामित्वमा रहेको फ्लोरिडा क्लबमा आबद्ध भएयता मेस्सीले छ खेलमा नौ गोल गरिसकेका छन् । 

लिग कप संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोका क्लबहरूको एक वार्षिक प्रतियोगिता हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ