arrow

वन कार्यालयमा ११४ मुद्दा दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
division ban office chitwan.jpg

चितवन । डिभिजन वन कार्यालय चितवनमा गत आर्थिक वर्षमा एक सय १४ थान मुद्दा दर्ता भएका छन् ।

मुद्दा दर्ता भएकामध्ये एक सय ११ थान काठ तस्करसम्बन्धी र तीन वटा वन्यजन्तुसम्बन्धी मुद्दा रहेका छन् । 

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार वन्यजन्तुसम्बन्धी मुद्दा तीन वटा दर्ता भएकोमा दुई जना पक्राउ गरी कारबाही गरिएको छ । 

एक जना फरार रहेको उनले जानकारी दिए । 

चित्तल मारेको आरोपमा मुद्दा दर्ता गरिएको हो । 

कार्यालयले एक सय ११ काठ मुद्दामा एक सय २८ जनालाई पक्राउ गरी कारबाही गरेको छ । 

साठी जना फरार रहेको उनले बताए । 

डिभिजन वन कार्यालयको क्षेत्रभित्र चोरी गरी लगिएको तीन हजार चार सय १३ दशमलव ४९ क्युफिट काठ बरामद गरिएको छ । 

काठसँगै बोलेरो, ट्र्याक्टर, पिकअप भेन, अटो, मोटरसाइकल र साइकल गरी १५ वटा सवारी साधन बरामद गरिएको छ । 

उनीहरूलाई कार्यालयले मुद्दा प्रक्रिया अघि बढाएको छ । 

कार्यालयले गत आवमा पाँच हजार एक सय ८६ दशमलव २८ क्युफिट बेवारिसे काठ बरामद गरेको छ । 

जिल्लाका विभिन्न क्षेत्रबाट ती काठ बरामद गरिएको हो । 

खनालका अनुसार काठसँगै साइकल, हातेआरा र बञ्चरो ७५ थान बरामद गरिएको छ । 

कार्यालयले गत आवमा ५६ वटा वन्यजन्तुको उद्धार गरेको जनाएको छ । 

उद्धार गरिएका वन्यजन्तुमा अजिङ्गर, गोही, चित्तल, सुनगोहोरो, रतुवा, सालक, मलसाँप्रो, दुम्सी रहेका छन् । 

सोही समयमा ३२ वटा मृत जनावारको व्यवस्थापन गरिएको छ । 

पाटेबाघ, जरायो, चित्तल, रतुवालगायतको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ