arrow

कांग्रेसमा सभापति भर्सेस महामन्त्री भन्ने छैन – विमलेन्द्र निधी [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
bimalendra-nidhi-2080-04-09.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गरेका छन् । 

मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा कम्युनिष्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भए पनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी कांग्रेस मात्रै रहेको जिकिर गरे । 

उनले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्ने कुरा नरहेको बताए । उनले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको बताए । 

उनले कांग्रेस संविधानको सफल कार्यान्वयन र जनता र देशको हितमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य रहेको बताए । 

उनले भने, ‘पार्टी सभापति भर्सेस पार्टी महामन्त्री भन्नेकुरा छैन, भर्सेस केही पनि छैन । पहिला पनि थिएन, अहिले पनि छैन, नेपाली कांग्रेस डेमोक्रेसीमा विश्वास गर्ने पार्टी हो, मनमा लागेको कुरा सबैले भन्छन् । संविधानको सफल कार्यान्वयन र जनता र देशको हीतमा काम गर्नु नै काँग्रेसको अबको लक्ष्य हो । किसान, मजदूर, दलित, महिलाको पक्षमा काम गर्ने हो । केन्द्रीय समितिमा सबैले छलफल गर्नुभएको छ, एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्ने छ, जनताको काम गर्ने एउटा आवाज लिएर निस्किन्छ । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी कुनै छैनन्, देशमा अरु त कम्युनिष्ट छन्, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी छन्, लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी कांग्रेस मात्रै छ ।’

नेता निधीले एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्ने कुरामा कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ