arrow

बागमतीमा ६० प्रतिशतमात्र रोपाइँ

logo
रविन्द्र गौतम,
प्रकाशित २०८० साउन ९ मंगलबार
paddy-planting-ropai-2080-02-27.jpg

हेटौंडा । बागमती प्रदेशमा ६० प्रतिशत मात्र रोपाइँ भएको छ । असार अन्तिमसम्ममा प्रदेशका १३ वटा जिल्लामा लगभग आदि किसानले पानी नपरेकाले धान रोप्न पाएनन् ।

वर्षा नभएपछि मकवानपुर, धादिङ्गमा, नुवाकोट रामेछापलगायत जिल्लाका किसानहरु धान रोप्न नपाएकाले चिन्तित छन् । समयमा पानी नपर्दा किसानका ब्याडमा बिउ डडेर गएको छ भने रोपेको रोपोसमेत मर्दा किसान मारमा परेका छन् । 

यसपालि मनसुन नेपाल प्रवेश गरे पनि उल्लेख्य वर्षा नभएकाले आकासे पानीको भरमा बाली लगाउनेलाई निकै समस्या परेको छ । खोला, नाला, कुरो र पैनीमा पानि सुकेकाले खेतका फाटहरुमा रोपो हरियो हुने बेलामा यसपालि अधिकांश खेतहरु बाझै छन् भने हल्का वर्षाका बेला मौका छोपेर रोपेको रोपो सुकेर गएको छ ।

प्रदेशमा यस वर्ष जम्मा ६० प्रतिशत मात्र रोपाइँ भएको कृषि विकास निर्देशनालय बागमती प्रदेश कार्यालयले जनाएको छ । कतिपय पहाडी भेगमा अधिकांश आकासे पानी र मूलको पानीले खेती गर्नुपर्मे भएकाले पनि यसपालि पानी नपरेकाले किसानले धान रोप्न नपाएको कार्यालयले जनाएको छ । 


बागमती प्रदेशमा वर्षेधानले ढाकेको अर्थात् धान खेतको क्षेत्रफ़ल एक लाख १३ हजार ५ सय २३ हेक्टर रहेको छ । जसमा असार मसान्त सम्ममा जम्मा ६८ हजार ५ सय ८७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ यो ६० दशमलब ४१ प्रतिशत हो प्रदेशमा ४० प्रतिशत रोपाइँ हुन सकेको छैन ।
प्रदेशभर रामेछापमा ७८५९ हेक्टर क्षेत्रफ़ल मध्य ३४५८ अर्थात ४४ प्रतिशत रोपाइँ भएको छ ।

दोलखामा २८१४ हेक्टर क्षेत्रफ़ल मध्य १७७३ अर्थात् ६३ प्रतिशत,  काठमाडौंमा ६०१५ हेक्टर क्षेत्रफ़लमा ५४२२ अर्थात ९१ प्रतिशत, ललितपुरमा ४२११ हेक्टर क्षेत्रफ़ल मध्य ३५४७ अर्थात ८५ प्रतिशत, भक्तपुरमा ३९७९ हेक्टर क्षेत्रफ़लमा २६१० अर्थात ९२ प्रतिशत, सिन्धुलीमा ११७७७ हेक्टर क्षेत्रफ़लमा ६८८९ अर्थात ५८ प्रतिशत , काभ्रे १०१०८ हेक्टर क्षेत्रफ़लमा ६७७३ अर्थात ७२ प्रतिशत, सिन्धुपाल्चोक ८७८२ हेक्टर क्षेत्रफ़ल मध्य ४९१८ अर्थात ५६ प्रतिशत, चितवनमा २४२४७ हेक्टर क्षेत्रफ़ल मध्य १९३९८ अर्थात ८० प्रतिशत, नुवाकोट ११६१२ हेक्टर क्षेत्रफ़ल मध्य ६३८६ अर्थात ५५ प्रतिशत, रसुवा १०९३ हेक्टर क्षेत्रफ़ल मध्य ६७७ अर्थात ६२ प्रतिशत र धादिङ्गमा ११५७६ हेक्टर क्षेत्रफ़ल मध्य ४०५१.६ अर्थात जम्मा ३५ प्रतिशत रोपाइँ भएको बागमती प्रदेश कृषि विकास निर्देशनालयको तथ्यांकले देखाएको छ । 

प्रदेशको १३ जिल्ला मध्ये सबैभन्दा धेरै काठमाडौँमा रोपाई भएको छ भने सबैभन्दा कम कम धादिङमा भएको छ । काठमाडौँमा ८० प्रतिशत भएको छ भने धादिङमा ३५ प्रतिशत मात्र रोपाई भएको छ । वर्षा र रासायनिक मल अभावका कारण प्रदेशमा पर्याप्त मात्रामा धान रोपाई हुन नसकेको हो । प्रदेशका अधिकांश जिल्ला पहाडी क्षेत्रमा रहेको र पर्याप्त मात्रामा सिँचाइको सुविधा नभएकाले वर्षामा नै निर्भर हुनुपर्ने बाध्यता रहेको छ ।

रोपाइँ नभएपछि धान उत्पादनमासमेत कमी आउने भएको छ । सरकारले हरेक वर्ष कृषिमा सबैभन्दा बढी बजेट बिनियोजन गरे पनि किसानले बेलैमा मल र सिचाई सुबिधा पाउन सकेका छैनन् । जसका कारण वर्षेनी धान रोपाइँ र उत्पादनमा कमी आइरहेको छ ।

बागमती प्रदेशमा पछिल्लो केही वर्ष यता धान उत्पादन क्रमिक रूपमा घट्दो रहेको छ । कृषि पेशाप्रति किसानको घट्दो आकर्षण र सरकारको अस्पष्ट नीतिले धानको उत्पादन घट्दै गएको देखिन्छ ।

बागमती प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा ५ लाख ९ हजार ५ सय ९० मेट्रिक टन धान उत्पादन भएकोमा थियो भने आर्थिक वर्ष २०७६/०७७ मा ५ लाख १० हजार २०० मेट्रिक टन, २०७५/०७६ मा ५ लाख २१ हजार ४ सय ४६ मेट्रिक टन धान उत्पादन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ