arrow

टेलिकमले ल्यायो चार वटा समर अफर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
summer offer2 (1).jpg

काठमाडौँ । नेपाल टेलिकमले आजदेखि लागु हुने गरी समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको छ । 

त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक बनाइएको टेलिकमले जनाएको छ । 

समर अफर अन्तर्गत उपलब्ध प्याकहरुमा अल टाइम डाटा प्याक अन्तर्गत रु. ५०० मा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र रु. ८०० मा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ । 

त्यस्तै प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ । 

साथै सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुनेछ भने मेसिन टु मेसिन सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ । 

कर्पोरेट वर्गमा लोकप्रिय सियूजी प्याकलाई थप आकर्षक बनाइएको टेलिकमले जनाएको छ । साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिंदै आएको फेयर युजेज पोलिसी (एफयूपी) बमोजिम तोकिएको परिमाण उपभोगपछि लागु हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको टेलिकमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ