arrow

चितवनमा ५० प्रतिशत रोपाइँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
paddy-planting-ropai-2080-02-27.jpg

चितवन ।  जिल्लामा ५० प्रतिशत रोपाइँ भएको छ । समयमा पर्याप्त वर्षा नहुँदा रोपाइँ हुन नसकेको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लाका सात पालिकामा भएको धान रोपाइँ ५० प्रतिशत भएको छ । 

केन्द्रका निमित्त कार्यालय प्रमुख मीनबहादुर पुनका अनुसार लामो समय खडेरी परेका कारण धान रोप्न समस्या भएको हो । सिँचाइको व्यवस्था भएका केही स्थानमा रोपाइँ भए पनि पानीको अभावका कारण रोपाइँ हुन नसकेको उनले बताए ।
 
उनले भने, “गत वर्षको तुलनामा यस वर्ष कम क्षेत्रफलमा धान रोपाइँ भएको छ ।” अघिल्लो वर्ष यही समयमा ७० प्रतिशत रोपाइँ सम्पन्न भएकोमा अहिले ५० प्रतिशत मात्र भएको उनले जानकारी दिए । पर्याप्त वर्षा भई पानीको मूल फुट्न नसक्दा रोपाइँ कम भएको उनको भनाइ छ । जिल्लामा २२ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । 

यहाँ सावा मन्सुली, सावित्री, रामधान, हाइब्रिड, राधाचारजस्ता धान जात रोपिँदै आइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ