arrow

एफटीटीएच सेवा लिन १९८–१ मा डायल गर्न टेलिकमको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
nepal-telecom-building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीब्र रुपमा गरिरहको छ । यसका बाबजुद अझै पनि ग्राहकको माग बमोजिम केही स्थानहरुमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी नै रहेको टेलिकमले जनाएको छ । 

सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देश पश्चात फेरि १ डायल गरी) मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिर्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको पनि टेलिकमले जनाएको छ । 

असार ११ गते सोमबारदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने पनि टेलिकमले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

ती स्थानहरुमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्ने भन्दै नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने पनि टेलिकमले जनाएको छ । 

एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको पनि टेलिकमले जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ