arrow

टेलिकमको तार चोरेको आरोपमा क्लासिकको गाडी नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
Nepal-Telecom-NTC.png
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल टेलिकमको केबल चोरी कार्यमा संलग्न रहेको आरोपमा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको गाडी नियन्त्रणमा लिइएको छ । 

बालाजु प्रहरी वृत्तले क्लासिक टेकको बा १८ च ७७१३ नम्बरको गाडी सहित कर्मचारीलाई नियन्त्रणमा लिएको जनाएको छ । नेपालटार क्षेत्रमा प्रयोगमा रहेको करिब ८० मिटर कपर केबल चोरी भएको हो । एडीएसएल तथा ल्यान्डलाइन सेवाका लागि नेपालटार क्षेत्रमा टेलिकमले अझै कपर केबल प्रयोग गरिरहेको छ ।

स्थानीयले ३१ जेठ बिहानको समयमा तार चोरी गरी गाडीमा राखेको अवस्थामा फोटो खिचेर पठाएपछि सोही अनुसार सोही क्षेत्रमा उक्त गाडी फेला पारेपछि प्रहरीलाई खबर गरी नियन्त्रणमा लिएको हो । 

टेलिकमको तर्फबाट केबल चोरी कार्यमा संलग्न सम्बन्धित व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरिएको छ ।

क्लासिक टेकले पनि घटनामाथि अनुसन्धान भइरहेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ