arrow

भारत दोस्रो पटक विश्व टेष्ट च्याम्पियनशिपमा पराजित, अष्ट्रेलियाको रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
icc-world-test-championship-2023.jpg

काठमाडौं । विश्व टेष्ट च्याम्पियनशिप क्रिकेटमा भारत लगातार दोस्रो पटक फाइनलमा पराजित भएको छ । यसअघिको फाइनलमा न्यूजिल्याण्डसँग पराजित भएको भारत यसपालि अष्ट्रेलियासँग २०९ रनले पराजित भएको हो । 

इङ्गल्याण्डको ओभलमा भएको फाइनलमा ४४४ रनको विशाल चुनौती पछ्याएको भारत २३४ रनमै समेटियो । अन्तिम दिन आइतबार ३ विकेटको क्षतिमा १६४ रनबाट अगाडि खेलेको भारतले थप ७० रन जोड्दा सबै विकेट गुमायो । 

विराट कोहलीले ४९ तथा अजिन्क्या रहानेले ४६ रन जोडेको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा नाथन लियोँले ४ तथा स्कट बोलान्डले ३ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा ट्राभिस हेडको १६३ तथा स्टेभेन स्मिथको १२१ रनको मद्धतटले ४६९ रन बनायो । चारतका मोहम्मद सिराजले ४ विकेट लिए । 

भारतले अजिन्क्या रहानेको ८९ तथा शार्दुल ठाकुरको ५१ रनको मद्धतले २९६ रन बनायो । 

अष्ट्रेलियाले दोस्रो इनिङ्समा ८ विकेटको क्षतिमा २७० रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्यो । एलेक्स क्यारीले अविजित रहँदै ६६ रन बनाए । 

नौ राष्ट्रका टेष्ट टिमबीचको यो प्रतियोगिताको शीर्ष दुईमा रहने टिमले उपाधिका लागि फाइनल खेलेका हुन् । 

दक्षिण अफ्रिका तेस्रो, इङ्गल्याण्ड चौथो, श्रीलंका पाँचौँ, न्यूजिल्याण्ड छैटौँ, पाकिस्तान सातौँ, वेष्ट इन्डिज आठौँ तथा बंगलादेश पुछारमा रह्यो ।

अष्ट्रेलियाको रेकर्ड
अष्ट्रेलियाले यो उपाधिसँगै सबै आईसीसी ट्रफीको उपाधि जित्ने पहिलो देश बनेको छ । 

अष्ट्रेलियाले एक दिवसीय विश्वकप पाँच पटक जितेको छ । टी–२० विश्वकप र विश्व टेष्ट च्याम्पियनशिप एक एक पटक जितेको छ । त्यस्तै च्याम्पियन्स ट्रफी दुई पटक जितेको छ । 

अष्ट्रेलियाले यू–१९ विश्वकप ३ पटक जितेको छ ।

उसले सन् १८७७ को १५ मार्चमा पहिलो टेष्ट, १९७१ को ५ जनवरीमा पहिलो एक दिवसीय र सन् २००५ को १७ फेब्रुअरीमा पहिलो टी–२० खेलेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ