arrow

'आगामी चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन गर्दैन'

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
gagan-thapa-agressive.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताएका छन् । बिहीबार एक कार्यक्रममा बोल्दै थापाले आगामी चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताएका हुन् । 

उनले भने,' राजनीतिमा कुनै दुश्मन वा मित्र नहुने कांग्रेसको नीति भएकाले आगामी चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन गर्दैन ।'

थापाले अहिले देशका सबै राजनीतिक कार्यकर्ता तथा आम नागरिक सरकार र देशको अवस्थाबाट निराश भएको बताए । सत्ता र सरकार कांग्रेसको प्राथमिकता नभए पनि वर्तमान अवस्थामा कांग्रेसले गठबन्धन गरेर त्यसको विपरीत काम गर्दा नागरिकमा गलत सन्देश गएको थापाको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ