arrow

बालेनले कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
balen-greater-nepal-final.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । पूर्वमा टिष्टा र पश्चिममा काँगडासहितको भूभाग ग्रेटर नेपालभित्र राखिएको छ ।

उनी भारत भ्रमणमै रहेका बेला सचिवालयलाई आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएका थिए । सचिवालयले यसलाई सांस्कृतिक नक्सा भनेको छ । 

भारतले आफ्नो संसद् भवनमा सांस्कृतिक नक्सा भन्दै नेपाली भूभाग समेटिएको नक्सा राखेपछि त्यसले तरंग बगिरहँदा बालेनले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ