arrow

नागरिकता विधेयकको प्रोसेसमा त्रुटि : प्रदीप पौडेल (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
pradip-poudel-2080.JPG

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक सांसदहरूले छलफल गरेर टुङ्ग्याउनुपर्ने बताएका छन् । उनले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटि भएको भन्दै यस्तो बताए ।

उनले नयाँ संसद्मा छलफल गरेर त्यसले टुङ्ग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने सुनाए । उनले भने – ‘त्यो विधेयक पछिल्लो चरणमा संसद्मा दर्ता गरिनुपर्थ्यो । संसद्मा दर्ता गरेर, सांसदका बीचमा छलफल भइसकेपछि सभामुखले त्यसलाई राष्ट्रपतिकहाँ प्रमाणित गर्नका लागि पठाउनुपर्थ्यो । संसदबाट क्याबिनेटमा जाने, क्याबिनेटले राष्ट्रपतिकहाँ लगिसकेपछि बल्ल त्यसलाई प्रमाणीकरण गर्ने अवस्था हुनुपथ्र्यो ।'

उनले नागरिकता विधेयक प्रमाणीकरणको समय पनि नमिलेको टिप्पणी गरे । उनले थपे,' त्यसैले कन्टेन्टको बारेमा सहमति, विमति के छ त्यो भन्दा पनि प्रोसेसका बारेमा त्रुटि देखियो । प्रक्रिया र समय उपयुक्त भएन । सांसदहरूले छलफल गरेर टुंग्याउनुपथ्र्यो । कन्टेन्टको बारेमा कसैको विरोध थिएन । कन्टेन्टमा आम रूपमा धेरै विवाद नहुँदा नहुँदै पनि प्रोसेसको बारेमा जुन त्रुटि गरियो त्यो स्वाभाविक भएन ।' 

उनले  नयाँ संसद्मा छलफल गरेर त्यसले टुङ्ग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ