arrow

जुम्ला र कालिकोटमा टेलिकमको एफटीटीएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
telecom-kalikot-humla-.jpg

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ । गत जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ गरिएको हो । 

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लामा ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवाको शुभारम्भ गरे ।  

एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् । 

यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटीटीएच सेवा उपलब्ध गराइसकेको छ । 

टेलिकमका अनुसार फाइबर टु द होम (एनटी फाइबर) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकै पटक चार वटा सुविधा लिन सकिन्छ । यसबाट एकै पटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । 

त्यस्तै एउटै तारबाट आवश्यकता अनुसार चार वटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान  अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ । 

कम्पनीका अनुसार हाल स्प्रिङ अफर अन्तर्गत डाटा सुविधामात्र उपलब्ध भएको एफटीटीएच प्याकेज वार्षिक रु ८,००० मा उपलब्ध  छ । त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक रु. १२,००० मा २० एमबीपीएसको इन्टरनेट, ३,००० मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ