arrow

मेस्सीले स्वीकारे गल्ती, मागे माफी  

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २३ शनिबार
messi-psg.jpg
तस्बिर – फाइल ।

काठमाडौं । अर्जेन्टाइन फुटबल स्टार लियोनेल मेस्सीले क्लबको अनुमति बिना साउदी अरेबियाको भ्रमणमा गएकोमा गल्ती स्वीकार गरेका छन् ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) को अनुमति बिनै साउदी अरेबिया गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका हुन् । सोही अभियोगमा उनलाई दुई साताका लागि क्लबले निलम्बनसमेत गरेको छ । 

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र अब क्लबले के निर्णय गर्छ, त्यो हेर्नका लागि म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक यो सोचे कि हामीले खेल पछिको दिन बिदामा हुनेछौं, जुन अघिल्लो हप्ताहरूमा पनि भइरहेको थियो । मैले साउदी अरेबियाको यो यात्रा पहिले पनि रद्ध गरिसकेको थिएँ तर यसपटक भने सकिन ।’

पीएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । उनी सो सम्झौता अनुसार अब तीन वटा मात्रै खेल खेल्न पाउने छन् । सम्झौता र सिजनको अन्त्यसँगै मेस्सी पीएसजी छाड्ने तयारीमा छन् । 

३५ वर्षीय मेस्सी साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिकामा छन् । उनलाई साउदी अरबका क्लबहरुले पनि चासो देखाइरहेका छन् र उनीमाथि  करोडौं खर्च गर्न खोजिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ