arrow

मेस्सी दुई हप्ते निलम्बनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
messi-mbappe-psg.jpg

काठमाडौं । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना सबैभन्दा चर्चित खेलाडी लियोनल मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ । 

क्लबको अनुमति बिना एसीयाली मुलुक साउदी अरेबियाको भ्रमण गरेपछि पीएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो ।

लिग वानमा पीएसजी र लोरेन्ट बीचको खेलपछि अर्जेन्टेनी कप्तान मेस्सी साउदी अरेबिया गएका हुन् । त्यस खेलमा पीएसजी पराजित भएको थियो  । अब निलम्बनको समयमा मेस्सीले पीएसजीका लागि खेल्न पाउने छैनन् ।

क्लबलाई उधृत गर्दै मार्काले जनाएअनुसार मेस्सीलाई खेल खेल्न प्रतिबन्ध लाग्नुको साथै टिममा बसेर अभ्यास गर्न पनि पाउने छैनन् । मेस्सी साउदी अरेबियाको पयर्टन राजदूतको भूमिकामा छन् ।

अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका कप्तान मेस्सीलाई साउदी अरेबियाबाट आकर्षक प्रस्ताव आएको भन्ने चर्चा भइरहेका बेला मेस्सी साउदी गएका हुन् । 

यसअघि पोर्चुगिच खेलाडी क्रिस्टियानो रोनाल्डो पनि साउदी अरेबिया क्लबवाट खेलिरहेका छन् । उनलाई पनि महंगो रकममा साउदी क्लबले अनुबन्धित गरेको हो । 

मेस्सीको खेलाडी करियरको उत्तरार्ध पनि साउदी क्लबबाटै हुन सक्ने अनुमान भइरहेको छ । पीएसजीले यसरी गरेको अपमानले पक्कै पनि मेस्सीलाई असर पुग्ने अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ