arrow

घेराबन्दी भइरहेको नारायणकाजीको दाबी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
narayankaji-shrestha.jpg

काठमाडौं ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो बलिदानबाट प्राप्त परिवर्तन उट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको दाबी गरेका छन्। 

पछिल्लो समय राजनीतिक पार्टी तथा तिनका नेतालाई बदनाम गर्ने र देशमा अराजकता उत्पन्न गरी अराजकताको जगमा देशको राष्ट्रियता कमजोर पार्ने विभिन्न षड्यन्त्र भइरहेको भन्दै उनले त्यसकाविरुद्ध सचेत रहन पनि सबैलाई आग्रह गरे ।

“राजनीतिक पार्टी जसले यो परितर्वन गर्‍यो, यो व्यवस्था ल्यायो, तर यो व्यवस्थामा परिवर्तन भएपछि जनताको अवस्थामा परिवर्तन गर्नका निम्ति हामीले आजसम्म के गर्‍याँै र के गर्न सकेनाँै भन्ने विषयमा समीक्षा गरी आवश्यकता अनुसार आफूलाई बदलेर फेरि जनताको अपेक्षा र आवश्यकता पूरा गर्नेगरी सम्बृद्ध नेपाल बनाउने तर्फ हामी अगाडि बढ्नुपर्छ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ