आजबाट कार्यान्वयनमा आयो बैंकको ब्याजदर एकल अंकमा झार्ने निर्णय
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १ शुक्रबार
737
Shares
तस्बिर – फाइल ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शुक्रबारबाट नयाँ ब्याज दर लागु गरेका छन् । बुधबार बसेको बैंकर्स संघको बैठकले गरेको बैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय शुक्रबारबाट कार्यान्यवनमा गएको हो ।
निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदरसमेत केही प्रतिशत घट्ने भएको छ । बैंकहरुले बिहीबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ ।
यस्तै संस्थागत निक्षेपमा बैंकहरुले ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् । शुक्रबारबाट साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् ।