arrow

पीडितका पीडा

अर्थ पीडितहरूको राष्ट्रपति भवन नजिकै धर्ना [फोटोफिचर]

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडन विरुद्ध अनिश्चितकालीन काठमाडौँ केन्द्रित आन्दोलन शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
artha-pidit-dharna-2081-(13.jpg

काठमाडौँ । काठमाडौँ उपत्यका यस्तो भएको छ कि अब धर्ना जुलुस गर्न पनि ठाउँ छैन । अझ चैतमा त कुरै नगरौँ । मानौँ चैत आन्दोलन गर्ने महिना हो । 

नयाँ बानेश्वरदेखि माइतीघरसम्मको क्षेत्र शिक्षकहरुले कब्जा गरेका छन् । माइतीघरको एउटा सानो क्षेत्रमा चिकित्सकहरु आन्दोलित छन् । 

अनि निरन्तर अर्थ समस्याले जेलिएका पीडितहरुले आन्दोलन गर्ने ठाउँ नै पाएनन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडन विरुद्ध अनिश्चितकालीन काठमाडौँ केन्द्रित आन्दोलन थालेको छ ।

उसले माइतीघरतिर नभइ राष्ट्रपति कार्यालयतिर आन्दोलन थालेको हो । पीडितहरु रत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालय नजिकै धर्ना दिन पुगेका हुन् । निषेधित क्षेत्र भएकाले त्यहाँ पनि उनीहरुलाई सुख पक्कै भएन । 

artha-pidit-dharna-2081 (1).JPG
artha-pidit-dharna-2081 (2).jpg
artha-pidit-dharna-2081 (3).jpg
artha-pidit-dharna-2081 (4).jpg
artha-pidit-dharna-2081 (5).JPG
artha-pidit-dharna-2081 (6).jpg
artha-pidit-dharna-2081 (7).jpg
artha-pidit-dharna-2081 (8).JPG
artha-pidit-dharna-2081 (9).JPG
artha-pidit-dharna-2081 (10).jpg
artha-pidit-dharna-2081 (11).jpg
artha-pidit-dharna-2081 (12).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ