काठमाडौँ । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुसार वाणिज्य बैंकहरूले चैत मसान्तसम्म ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा कमाएका छन् ।
गत वर्षको सोही अवधिको भन्दा यो १.४ प्रतिशतले बढी हो । ११ बैंकको नाफा बढ्दा २० मध्ये ९ को नाफा घटेको छ ।
सर्वाधिक नाफा कमाउने बैठ नेपाल बैंक भएको छ । नेपाल बैंकले गत वर्षको चैत मसान्तसम्मको तुलनामा २०३२.८० प्रतिशतले नाफा वृद्धि गरेको छ । नेपाल बैंकले चैत मसान्तसम्म दुई अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
अन्य कसको कति ?
पहिलो नाफा कमाउनेमा नेपाल बैंक हुँदा दाेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, तेस्रोमा ग्लोबल आईएमई बैंक, चौथोमा एभरेष्ट बैंक, पाँचाैँमा माछापुच्छ्रे बैंक, छैटौँमा सानिमा बैंक, सातौँमा नबिल बैंक, आठौँमा एनएमबी बैंक, नवौँमा प्रभु बैंक, दशौँमा नेपाल एसबीआई बैंक तथा एघारौँमा लक्ष्मी सनराइज बैंक रहेको छ ।