arrow

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको फराकिलो जित, देशका लागि सय गोल पूरा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
messi-100th-goal.jpeg

काठमाडौं । अर्जेन्टाइन फुटबल कप्तान लियोनल मेस्सीले टिमका लागि सय गोल पूरा गरेका छन् । बुधबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा कुराकाओलाई ७–० लेह हराएको खेलमा मेस्सीले ह्याट्रिक गरे । 

२० औं मिनेटमा मेस्सीले गोल गर्दा अर्जेन्टिनाले शुरुआती अग्रता बनायो । २३ औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

३३ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि अर्जेन्टिनाले ३–० ले अग्रता लियो । एन्जो फर्नान्डेजले ३५ औं मिनेटमा गोल गरे । 

३७ औं मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ५–० को अग्रता दिलाए । खेलको ७८ औं मिनेटमा एन्जल डी मारियाले र ८७ औं मिनेटमा गोन्जालो मोन्टिलले गोल गरे । 

मेस्सीले कतार विश्वकपपछि संन्यास लिने जनाएको भए पनि विश्वकप जितेपछि उनमा थप जोश आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ