arrow

श्रीलंकामाथि न्यूजिल्याण्डको सनसनीपूर्ण जित, भारत फाइनलमा निश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
kane-williamson-century.jpg

काठमाडौं । न्यूजिल्याण्डले पहिलो टेष्ट क्रिकेटमा श्रीलंकामाथि सनसनीपूर्ण जित निकालेको छ । क्राइस्टचर्चमा भएको अन्तिम दिनको अन्तिम ओभरमा २ विकेटको जित हासिल गर्दै न्यूजिल्याण्ड विजयी भएको हो । 

यसअघि श्रीलंकाले पहिलो इनिङ्समा ३५५ र दोस्रो इनिङ्समा ३०३ रन बनायो । जवाफमा न्यूजिल्याण्डले पहिलो इनिङ्समा ३७३ रन बनाएकामा २८५ रनको चुनौती अन्तिम ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । 

केन विलियमसनले शानदार शतक बनाउँदै टिमलाई जिताए । उनले अविजित रहँदै १२१ रन बनाए । 

न्यूजिल्याण्डले यो खेल जितेसँगै भारतलाई फाइदा भएको छ । भारत आईसीसी विश्व टेष्ट च्याम्पियनशिपको फाइनलमा पुगेको छ । 

अष्ट्रेलिया र भारतबीचको अन्तिम टेष्ट बराबरीतर्फ अगाडि बढिरहँदा श्रीलंकाले हारेसँगै भारतको भाग्य चम्किएको हो । अष्ट्रेलिया यसअघि नै शीर्ष स्थानमा रहेर फाइनलमा पुगिसकेको छ । 

श्रीलंका चौथो र न्यूजिल्याण्ड आठौं स्थानमा रहेका अवस्थामा न्यूजिल्याण्डले जित्दा श्रीलंकाको अंक प्रतिशत घट्न जाँदा भारतले फाइनलमा स्थान सुरक्षित गरेको हो । 

अब न्यूजिल्याण्ड र श्रीलंकाको अन्तिम टेष्ट जिते पनि श्रीलंकाले भारतलाई भेट्टाउन सक्ने छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ