arrow

रोहित सत्र हजारे क्लबमा, चौध महिनापछि कोहलीको अर्धशतक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
india-test-kohli.jpg

काठमाडौं । भारत र अष्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेष्ट क्रिकेट बराबरीतर्फ अगाडि बढेको छ । ४८० रन पछ्याएको भारतले तेस्रो दिनको समाप्तिसम्म ३ विकेटको क्षतिमा २८९ रन बनाएर फलोअन जोगाइसकेको छ । अझै १९१ रनले पछि परेको भए पनि ब्याटिङ पिचमा भारतले उक्त योगफल सहजै भेट्टाउने अनुमानसमेत भइरहेको छ । 

अहमदाबादमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले उस्मान खवाजाको १८० तथा क्यामेरन ग्रिनको ११४ रनको मद्धतले ४८० रन बनायो । रविचन्द्रन आश्विनले ६ विकेट लिए । 

जवाफमा भारतले शुबमन गिलको करियरको दोस्रो शतकको मद्धतले उक्त योगफल जोडिसकेको छ । गिलले १२८ रन बनाए । चेतेश्वर पुजाराले ४२ तथा कप्तान रोहित शर्माले ३५ रन जोडे । 

रोहितले यो रनसँगै आफूलाई १७ हजार रन पूरा गर्ने खेलाडीको सूचीमा पुर्याउन सफल भएका छन् । उनी १७ हजार अन्तर्राष्ट्रिय रन बनाउने छैटौं भारतीय खेलाडी हुन् । सचिन तेन्दुलकर, सौरभ गांगुली, राहुल द्रविड, वीरेन्द्र सहवाग, महेन्द्र सिंह धोनी र विराट कोहलीले यो कोशेढुङ्गा पहिले नै पूरा गरेका थिए । 

त्यस्तै विराट कोहलीले यो इनिङ्समा ५९ रन बनाएर अविजित रहेका छन् । रविन्द्र जडेजा १६ रनमा अविजित छन् । 

कोहलीले १४ महिना र १५ इनिङस् पछि पहिलो पटक अर्धशतक प्रहार गरेका छन् । उनले यसअघि सन् २०२२ को जनवरी ११ मा दक्षिण अफ्रिकाविरुद्ध अर्धशतक बनाएका थिए । 

यो रनसँगै विराटको रनको खडेरी पनि पुरिएको छ । 

यो खेल भारतका लागि महत्वपूर्ण रहेको छ । कम्तीमा बराबरीसम्म गर्ने हो भने भारतले आईसीसी विश्व टेष्ट च्याम्पियनशिपको फाइनल खेल्न पाउने छ । 

तर श्रीलंका र न्यूजिल्याण्डबीचको दुई टेष्टको नतिजाले पनि फरक पार्न सक्छ । न्यूजिल्याण्डले जित्यो भने भारतलाई बराबरी काफी हुनेछ । यदि श्रीलंका विजयी भयो भने भारतलाई समस्या पर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ