arrow

अष्ट्रेलिया खेलमा फर्कियो, भारत नौ विकेटले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
aus-ind-2023-03-03.jpg

काठमाडौं । भारत विरुद्धको तेस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । इन्दोरमा भएको खेलमा अष्ट्रेलिया ९ विकेटले विजयी भएको हो । 

७६ रनको झिनो लक्ष्य पाहुना टिमले तेस्रो दिनको पहिलो सत्रमै १८.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । उस्मान खवाजा ० रनमा आउट भएको खेलमा ट्राभिस हेडले अविजित ४९ तथा मार्कस लाबुसचांगेले २८ रन बनाए । 

यसअघि भारत पहिलो इनिङ्समा १०९ तथा दोस्रो इनिङ्समा १६३ रनमा समेटिएको थियो । अष्ट्रेलियाले पहिलो इनिङ्समा १९७ रन बनाएको थियो । 

भारतका लागि पहिलो इनिङ्समा विराट कोहलीले सर्वाधिक २२ तथा दोस्रो इनिङ्समा चेतेश्वर पूजाराले ५९ रन बनाएका थिए । 

पहिलो इनिङ्समा अष्ट्रेलियाका म्याथ्यु कुनेमनले ५ तथा नाथन लियोँले ३ विकेट लिए । दोस्रो इनिङ्समा लियोँले ८ विकेट लिए । 

अष्ट्रेलियाका लागि पहिलो इनिङ्समा उस्मान सवाजाले ६० रन बनाएका थिए । भारतका लागि रविन्द्र जडेजाले ४ तथा रविचन्द्रन आश्विन र उमेश यादवले ३–३ विकेट लिएका थिए । 

यो खेलपछि अष्ट्रेलियाले चार खेलको श्रृंखलामा २–१ को अन्तर गरेको छ । शुरुआती दुई खेल भारतले जितेको थियो । 

अन्तिम खेल ९ मार्चदेखि अहमदाबादमा खेलिनेछ । आईसीसी विश्व टेष्ट च्याम्पियनशिपको फाइनल खेल्नका लागि चौथो खेल भारतले जित्नैपर्ने दबाब छ । 

च्याम्पियनशिपमा अष्ट्रेलिया फाइनलमा पुगिसकेको छ भने भारत ६४.०६ प्रतिशतसहित दोस्रो स्थानमा छ । भारत फाइनलमा पुग्न अन्तिम खेल जिते वा बराबरी गरे पुग्नेछ । 

पराजित भएमा श्रीलंकाको खेलमा निर्भर रहन्छ । श्रीलंकाको ५३.३३ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ