arrow

फिफा प्लेयर अफ द इयर अवार्ड मेस्सीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
messi-fifa-playar-2022.jpg

काठमाडौं । अर्जेन्टिनाका फुटबल कप्तान लियोनल मेस्सीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन् । फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् ।

मेस्सीले आफ्नो कप्तानीमा सन् २०२२ को कतार विश्वकप फुटबलको उपाधि दिलाएका थिए । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड मेस्सीले सोही क्लबका अर्का सदस्य एवं विश्वकपका उपविजेता फ्रान्सका स्टार केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सीले २०२१–२२ मा क्लब र राष्ट्रका लागि ४९ खेलमा २७ गोल गरेका थिए । 

त्यसैगरी महिलातर्फको प्लेयर अफ द इयर अवार्ड स्पेनिश क्लब बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । पुरुषको कोच अफ द इयर अवार्ड अर्जेन्टिनाका प्रशिक्षक स्कोलानीले जिते ।  महिलाको कोच अफ द इयर अवार्ड सरिना वेइगम्यानले हात पारिन् ।

गोलकिपर अफ द इयर अवार्डको पुरुषतर्फ अर्जेन्टिनाका इमिलियानो मार्टिनेज र महिलामा मारी एअर्प्सले जितिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ