arrow

‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल भारत सहकार्य’ विषयक गोष्ठी सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
nepal-india-relation-program-chitwan.jpg

नारायणघाट। राष्ट्रिय एकता अभियानले शुक्रवार चितवनमा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ। चितवनको नारायणघाटमा कार्यक्रमको आयोजना गरिएको थियो। कमला सिलवालको अध्यक्षता र अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा देव श्रेष्ठ, कविता शर्मा, प्रभाकर भुसाल, गङ्गा प्रसाद साह, मनु तामाङलगायतको समेत उपस्थिति थियो।

कार्यक्रममा दुई देशबीचको भौगोलिक, सांस्कृतिक, व्यापारिक र राजनीति सम्बन्धका विषयमा जानकारी आदानप्रदान गरिएको थियो। कार्यक्रमका वक्ताहरूले भारत र नेपालको आत्मा एकै भएको तर्क गर्दै नेपालको विकासमा भारतले पुर्‍याइरहेको योगदानको कदर गर्नुपर्ने बताए।

कार्यक्रमका वक्ताहरूले नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सहकार्य उदाहरणीय रहेको भन्दै त्यसलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको बताए। उनीहरूले सनातन धर्म संस्कृतिले मात्र देशको राष्ट्रियता जोगिने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ