arrow

नेपालको विकाशमा भारतले पुर्‍याएको योगदानको कदर गर्नुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
nepal-india-relation-birjung-meet.jpg

वीरगन्ज। राष्ट्रिय एकता अभियानले वीरगन्ज र झापामा ‘नेपाल–भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ। दुई देशबीचको भौगोलिक, सांस्कृतिक, व्यापारिक र राजनीति सम्बन्धका विषयमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।

अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको प्रमुख आतिथ्यमा वीरगन्ज मा आयोजित कार्यक्रममा प्राध्यापक देवेन्द्र मिश्र, समाजसेवी महेश अग्रवाल, सुरेन्द्र नाथ तिवारी,डा अजय यादव , सचितानंद सिंह, सामाजिक अभियन्ता ओमप्रकाश सर्राफ लगायतले आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रमका वक्ताहरूले भारत र नेपालको आत्मा एकै भएको तर्क गर्दै नेपालको विकासमा भारतले पुर्‍याई रहेको योगदानको कदर गर्नुपर्ने बताए ।कार्यक्रमको अध्यक्ष श्याम तिवारीले गर्नु भएको थियो भने सञ्चालन अभियान निकट विद्यार्थी परिषद्का संयोजक विवेक कुशवाहकले गरेका थिए।

यसै गरी, झापामा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल–भारत सहकार्य’ विषयमा कार्यक्रम सम्पन्न भएको छ। अभियानका जिल्ला अध्यक्ष मणिकुमार राईको अध्यक्षता तथा अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा विश्व हिन्दु महासङ्घका जिल्ला अध्यक्ष मोहन उप्रेती, विश्व हिन्दु परिषद्का अध्यक्ष होमनाथ ढुङ्गेल, अभियानकी कोषाध्यक्ष तारा राजवंशी, पुनमकुमारी मुखिया, गणेश सिंह, दीपेन्द्र यादव, दयानन्द गोस्वामी लगायतले बोलेका थिए।

कार्यक्रमका वक्ताहरूले नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सहकार्य उदाहरणीय रहेको भन्दै त्यसलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको बताए। उनीहरूले सनातन धर्म संस्कृतिले मात्र देशको राष्ट्रियता जोगिने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ