arrow

जडेजाको अलराउन्ड प्रदर्शनले भारत बलियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
rabindra-jadeja-2.jpg

काठमाडौं । रविन्द्र जडेजाको अलराउन्ड प्रदर्शनले भारतले अष्ट्रेलिया विरुद्धको पहिलो टेष्ट क्रिकेटमा ठोस प्रदर्शन गरेको छ । ५ विकेटसमेत लिएका जडेजाले शानदार अर्धशतक बनाएर खेलेसँगै भारत बलियो स्थितिमा पुगेको हो । 

नागपुरमा जारी खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले १७७ रनमात्र बनाउन सक्यो । जडेजाले ५ तथा रविचन्द्रन आश्विनले ३ विकेट लिए । 

जवाफमा भारतले दोस्रो दिनको समाप्तिसम्म ७ विकेटको क्षतिमा ३२१ रन बनाएर १४४ रनको अग्रता बनाइसकेको छ । जडेजा ६६ तथा अक्षर पटेल ५२ रन बनाएर अविजित छन् । 

त्यस्तै कप्तान रोहित शर्माले १२० रन बनाएका छन् । रोहितले यो शतकसँगै रेकर्ड पनि बनाएका छन् । करियरको १५ औं शतक बनाएर उनले रेकर्ड बनाएका हुन् । 

अष्ट्रेलिया चार टेष्ट खेल्न भारत आएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ